मंगलबारबाट गोला प्रथाबाट मुद्धाको पेशी तोक्ने प्रधानन्यायाधीश जबराको प्रतिवद्धता — OSNepal

मंगलबारबाट गोला प्रथाबाट मुद्धाको पेशी तोक्ने प्रधानन्यायाधीश जबराको प्रतिवद्धता

LC (KTM) October 24, 2021 0

काठमाडौँ ७ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीहरुसँग सर्वोच्च अदालत भएको छलफलमा मंगलबारदेखि परीक्षणका रुपमा गोलाप्रथाबाट पेशी तोक्ने जानकारी दिएका छन् ।

आज न्यायालयको सुधारको लागि भएको छलफलमा जवराले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । अदालतको विकृति, विसंगति र भ्रष्टाचार अन्त्यका लागि बारले गोला प्रथाबाट पेशी तोक्न सुझाव दिएको हो ।

स्वचालित पद्धति (अटोमेसन) बाट मुद्दाको पेशी तोक्नुपर्ने भएपनि मंगलबारबाट भने गोला प्रथाबाट पेशी तोक्ने बताइएको हो ।

गोला प्रथाको आधारमा वा स्वचालित प्रणालीबाट पेशी तोक्नुपर्ने लगायतको माग राख्दै नेपाल बार एशोशिएसनले शुक्रबार प्रधानन्यायाधीसलाई १५ दिनको अल्टिमेटम दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर