काठमाडौँ ७ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीहरुसँग सर्वोच्च अदालत भएको छलफलमा मंगलबारदेखि परीक्षणका रुपमा गोलाप्रथाबाट पेशी तोक्ने जानकारी दिएका छन् ।
आज न्यायालयको सुधारको लागि भएको छलफलमा जवराले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । अदालतको विकृति, विसंगति र भ्रष्टाचार अन्त्यका लागि बारले गोला प्रथाबाट पेशी तोक्न सुझाव दिएको हो ।
स्वचालित पद्धति (अटोमेसन) बाट मुद्दाको पेशी तोक्नुपर्ने भएपनि मंगलबारबाट भने गोला प्रथाबाट पेशी तोक्ने बताइएको हो ।
गोला प्रथाको आधारमा वा स्वचालित प्रणालीबाट पेशी तोक्नुपर्ने लगायतको माग राख्दै नेपाल बार एशोशिएसनले शुक्रबार प्रधानन्यायाधीसलाई १५ दिनको अल्टिमेटम दिएको थियो ।