राज कुन्द्राकि साली शमिता शेट्टी राकेश बापट संग डिनर डेटमा , यसरी एक अर्काको हात समाते — OSNepal

राज कुन्द्राकि साली शमिता शेट्टी राकेश बापट संग डिनर डेटमा , यसरी एक अर्काको हात समाते

LC (KTM) September 25, 2021 0

बिग बोस ओटीटीमा राकेश बापट तथा शमिता शेट्टीको कनेक्सन एकदमै शक्तिशाली रहेको थियो । दुबै जना बिच दोस्ती भन्दा माथि सम्बन्ध रहेको भन्दै सबैको ध्यान खिचेको थियो । आफै शमिता तथा राकेशले एक अर्काको लागि आफ्नो भावना ब्यक्त गरेका थिए ।

अब शो सकिए पछि पनि उनीहरु बिचको नजिकपन तथा दोस्ती प्रष्ट देखिएको छ । शुक्रबार दुबै जना डिनरमा देखिएका थिए । जसको झलक उनले आफ्नो इन्ष्टाग्राम स्टोरीमा शेयर गरेकी छिन् । शमिता तथा राकेश दुबैले आफ्नो डिनर डेटको फोटो सार्वजनिक गरेका छन् ।

उनीहरुले एक अर्काको हात समाई रहेको देख्न सकिन्छ । यस फोटोको हर्ट इमोजीको साथमा शेयर गर्दै लेखिएको छ – तिमी र म । दुबै जनाले आफ्नो पक्का सम्बन्धलाई देखाउन कुनै कसर बाँकि राखेका छैनन् । उनीहरु आफ्नो सम्बन्धलाई लिएर एकदमै मजबुत रहेका छन् ।

उनीहरु दुबै जना डिनर डेटमा गएको भिडियो अहिले सामाजिक सञ्जालमा एकदमै भाइरल भएको छ । दुबै जना एक रेष्टुरेण्टमा पुग्छन् । उनीहरु दुबै जना रेष्टुरेण्टमा पुग्नु भन्दा अघि नै पैपराजीहरु पुगिसकेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर