उद्योगपति वसन्त चौधरीको दुबईमा मुटुको धमनीको उपचार हुँदै — OSNepal

उद्योगपति वसन्त चौधरीको दुबईमा मुटुको धमनीको उपचार हुँदै

LC (KTM) September 25, 2021 0

काठमाडौं, ९ असोज -उद्योगपति वसन्त चौधरीले मुटुमाथि समस्या देखिएकोले थप उपचारका लागि दुबईमा रहेको बताएका छन् ।चौधरीलाई हृदयघात भएको खबरहरु आएका बेला उनले मुटुको धमनीको उपचार गर्न दुबई गएको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

‘मुटुमा असहजता महसुस भएकाले नर्भिकमा एन्जियोग्राफी गराएको थिए,’ चौधरीले भनेका छन्, ‘नर्भिकमा एफएफआर/आइभुस प्रविधि नभएकोले मुटुको धमनीको थप उपचार गराउन दुबई आउनु परेको हो ।’ चौधरी हाल अस्पतालमा उपचाररत छन् । चौधरीले दुबईको अस्पतालबारे केही खुलाएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर