काठमाडौं, ९ असोज -उद्योगपति वसन्त चौधरीले मुटुमाथि समस्या देखिएकोले थप उपचारका लागि दुबईमा रहेको बताएका छन् ।चौधरीलाई हृदयघात भएको खबरहरु आएका बेला उनले मुटुको धमनीको उपचार गर्न दुबई गएको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
‘मुटुमा असहजता महसुस भएकाले नर्भिकमा एन्जियोग्राफी गराएको थिए,’ चौधरीले भनेका छन्, ‘नर्भिकमा एफएफआर/आइभुस प्रविधि नभएकोले मुटुको धमनीको थप उपचार गराउन दुबई आउनु परेको हो ।’ चौधरी हाल अस्पतालमा उपचाररत छन् । चौधरीले दुबईको अस्पतालबारे केही खुलाएका छैनन् ।