काठमाडौं ६ असोज । प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव तथा विष्णु पौडेलले आउँदो ५ -६ महिनामा माधव नेपालको समूह नेकपा माओवादी केन्द्रमा विलय हुने दाबी गरेका छन् ।
आज बुधबार पाल्पा तानसेनमा पार्टीले गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दैपमहासचिव पौडेलले यस्तो दावी गरेका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्देशनमा नेपालले एमाले विभाजन गरेको आरोप समेत लगाएका पौडेलले प्रचण्डसँग विलय हुनका लागि नेपाल समूहले आधारहरू खोन्दै गृहकार्य गरेको बताएका छन् ।
अहिले पाँचद लीय गठबन्धनको सम्बन्ध धेरुै दिन नटिक्न समेत ठोकुवा गरेका पौडेलले
आगामी निर्वाचनमा माधव नेपाललाई कांग्रेसले सहयोग नगर्ने प्रस्ट रणनीति बनाएको खुलासा गरेका छन् ।