पपुवा न्युगिनी पीएनजी बिरुद्ध रोहीत पौडेलको अर्धशतक पुरा, नेपालको धर्मराएको ब्याटिंग सम्हाल्दै रोहीत — OSNepal

पपुवा न्युगिनी पीएनजी बिरुद्ध रोहीत पौडेलको अर्धशतक पुरा, नेपालको धर्मराएको ब्याटिंग सम्हाल्दै रोहीत

LC (KTM) September 10, 2021 0

नेपालले दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा अहिले पपुवा न्युगिनी पीएनजी सँग प्रतिस्पर्धा गरिरहेको छ । यी दुबै टिमबीचको खेल जारी रहेको छ । यो समाचार तयार पार्दा सम्मको अवस्थामा नेपालले ३७ ओभरमा ५ विकेटको क्षतीमा १४५ रन बनाएर खेलिरहेको छ ।

नेपालले सुरुवाती चरणका ओपनरहरुलाई एकदमै सस्तोमा गुमाएको थियो । ओमानको अल अमिरात क्रिकेट मैदानमा भईरहेको खेलमा खस्किएको ब्याटिंगलाई रोहीत पौडेलले उकासि रहेका छन् ।

पीएनजीविरुद्ध ब्याटिङ गरिरहेको नेपालका रोहित पौडेलले अर्धशतक पनि पूरा गरेका छन् । रोहितले ८० बलमा ५० रन पूरा गरेका हुन् । रोहितको यो एकदिवसीय अन्तराष्ट्रियमा दोस्रो अर्धशतक हो । अहिले पनि उनी अबिजीत रहदै खेलिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर