ओली सरकारको समयमा संवैधानिक इजलासमा परेको रिटको सुनुवाईबाट अलग बस्न प्रधानन्यायाधिश जवराले गरे अस्विकार — OSNepal

ओली सरकारको समयमा संवैधानिक इजलासमा परेको रिटको सुनुवाईबाट अलग बस्न प्रधानन्यायाधिश जवराले गरे अस्विकार

LC (KTM) August 27, 2021 0

काठमाडौँ ११ भदौ । प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जवराले संवैधानिक परिषदसम्बन्धि अध्यादेशका साथै त्यससँग सम्बन्धित नियुक्तिविरुद्ध परेको रिटको सुनुवाईबाट आफु अगल नहुने बताएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व सरकार रहँदा २०७७ मंसिर ३० गते जारी गरेको अध्यादेश र त्यसका आधारमा गरेको नियुक्तिविरुद्ध परेको रिटको पेशी संवैधानिक इजलासमा चढेको छ ।

संवैधानिक परिषद्ले गरेको निर्णयमा आफैं संलग्न रही अध्यादेश संविधानसम्मत रहेको भन्दै लिखित जवाफ पेश गरेकाले संवैधानिक इजलासमा प्रधानन्यायाधीशको उपस्थिति प्रकृतिक न्यायको सिद्धान्तविपरीत हुने धेरैको तर्क थियो ।

तथापी, जवराले भने आफु संवैधानिक इजलासबाट अलग नहुने र चार जना न्यायाधीशको रायमा आफ्नो सहमति हुने पनि जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर