प्रमुख प्रतिपक्षी दल हामी एउटै पार्टी एमालेमा छौँ तसर्थ सरकारमा जाने सम्भावना छैन : रघुजी पन्त — OSNepal

प्रमुख प्रतिपक्षी दल हामी एउटै पार्टी एमालेमा छौँ तसर्थ सरकारमा जाने सम्भावना छैन : रघुजी पन्त

LC (KTM) August 05, 2021 0

काठमाडौं २१ साउन । नेकपा एमालेका नेता रघुजी पन्तले आफुहरु सरकार प्रतिपक्षी दल भएकाले सरकारमा जाने सम्भावना नरहेको बताएका छन् ।

आज वरिष्ठ नेता माधव नेपाल समुहको स्थायी कमिटिको बैठकमा सहभागी भएका नेपाल पक्षका पन्तले यस्तो जानकारी दिएका हुन् ।

बुद्धनगरमा बसेको बिहीबारको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्ने क्रममा उनले भनेका छन्, ‘सरकारमा जाने सम्भावना नै छैन । हामी एउटै पार्टीमा छौँ, एमालेमा छौँ, प्रतिपक्षमा छौँ’ ।

पार्टी एकताको लागि अध्यक्ष केपी ओली पक्षका नेताहरुसँग निरन्तर छलफल भइरहेको बताएका पन्तले सरकारमा जाने सम्भावना नरहेको बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर