काठमाडौं २१ साउन । नेकपा एमालेका नेता रघुजी पन्तले आफुहरु सरकार प्रतिपक्षी दल भएकाले सरकारमा जाने सम्भावना नरहेको बताएका छन् ।
आज वरिष्ठ नेता माधव नेपाल समुहको स्थायी कमिटिको बैठकमा सहभागी भएका नेपाल पक्षका पन्तले यस्तो जानकारी दिएका हुन् ।
बुद्धनगरमा बसेको बिहीबारको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्ने क्रममा उनले भनेका छन्, ‘सरकारमा जाने सम्भावना नै छैन । हामी एउटै पार्टीमा छौँ, एमालेमा छौँ, प्रतिपक्षमा छौँ’ ।
पार्टी एकताको लागि अध्यक्ष केपी ओली पक्षका नेताहरुसँग निरन्तर छलफल भइरहेको बताएका पन्तले सरकारमा जाने सम्भावना नरहेको बताएका हुन् ।