काठमाडौँ १८ साउन । नेकपा एमालेका नेता विष्णु रिजालले आरक्षण/समानुपातिकका नाममा टाठाबाठा एउटै व्यक्तिले मौका पाइरहने प्रवृत्तिको अन्त्य गर्नै बताएका छन् ।
समुदायका अरूले पनि मौका पाउनु पर्ने तर्क राखेका नेता रिजालले एउटै व्यक्तिले आरक्षण/समानुपातिकमा एक पटकभन्दा बढी अवसर पाउनु सम्बन्धित समुदाय/क्षेत्र/लिंगका लागि अन्याय भएको दावी गरेका छन् ।
रिजालले प्रश्न गर्दै भनेका छन्, समुदायका अरूले पनि मौका पाउनु नै आरक्षण/समानुपातिकताको मर्म यही होइन र ? उनले आज सामाजिक सञ्जाल मार्फत यस्तो टिप्पणी गरेका हुन् ।
उनले भनेका छन् ,एउटै व्यक्तिले आरक्षण/समानुपातिकमा एक पटकभन्दा बढी अवसर पाउनु सम्बन्धित समुदाय/क्षेत्र/लिंगका लागि अन्याय हो । आरक्षण/समानुपातिकका नाममा टाठाबाठा एउटै व्यक्तिले मौका पाइरहने प्रवृत्तिको अन्त्य गर्नैपर्छ ताकि त्यस समुदायका अरूले पनि मौका पाऊन् । आरक्षण/समानुपातिकताको मर्म यही होइन र ?