'आरक्षण/समानुपातिकको नाममा एकै व्यक्तिले एक पटकभन्दा बढी अवसर पाउनु सम्बन्धित समुदाय/क्षेत्र/लिंगका लागि अन्याय हो' — OSNepal

‘आरक्षण/समानुपातिकको नाममा एकै व्यक्तिले एक पटकभन्दा बढी अवसर पाउनु सम्बन्धित समुदाय/क्षेत्र/लिंगका लागि अन्याय हो’

LC (KTM) August 02, 2021 0

काठमाडौँ १८ साउन । नेकपा एमालेका नेता विष्णु रिजालले आरक्षण/समानुपातिकका नाममा टाठाबाठा एउटै व्यक्तिले मौका पाइरहने प्रवृत्तिको अन्त्य गर्नै बताएका छन् ।

समुदायका अरूले पनि मौका पाउनु पर्ने तर्क राखेका नेता रिजालले एउटै व्यक्तिले आरक्षण/समानुपातिकमा एक पटकभन्दा बढी अवसर पाउनु सम्बन्धित समुदाय/क्षेत्र/लिंगका लागि अन्याय भएको दावी गरेका छन् ।

रिजालले प्रश्न गर्दै भनेका छन्, समुदायका अरूले पनि मौका पाउनु नै आरक्षण/समानुपातिकताको मर्म यही होइन र ? उनले आज सामाजिक सञ्जाल मार्फत यस्तो टिप्पणी गरेका हुन् ।

उनले भनेका छन् ,एउटै व्यक्तिले आरक्षण/समानुपातिकमा एक पटकभन्दा बढी अवसर पाउनु सम्बन्धित समुदाय/क्षेत्र/लिंगका लागि अन्याय हो । आरक्षण/समानुपातिकका नाममा टाठाबाठा एउटै व्यक्तिले मौका पाइरहने प्रवृत्तिको अन्त्य गर्नैपर्छ ताकि त्यस समुदायका अरूले पनि मौका पाऊन् । आरक्षण/समानुपातिकताको मर्म यही होइन र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर