काठमाडौं १८ साउन । दार्चुलाको घटनालाई लिएर नेकपा माओवादी केन्द्रको विद्यार्थी भातृ संगठन अखिल (क्रान्तिकारी)ले नेपालस्थित भारतीय दूतावासमा प्रदर्शन गर्ने भएका छन् ।
भारतीय सीमा हुँदै नेपाल प्रवेश गर्ने क्रममा दार्चुलाका जयसिंह धामी चढेको तुइन भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले काटिदिएपछि धामी महाकालीमा वेपत्ता भएका थिए ।
आज सोमबार अखिल क्रान्तिकारीले भारतीय दूतावासअगाडि प्रदर्शन गर्ने भएको हो ।
आज गृह मन्त्रालयको छानविन टोली पनि दार्चुला प्रस्थान गर्ने भएको छ ।