काठमाडौं १७ साउन । नेकपा माओवादी केन्द्रको आज स्थायी समितिको बैठक बस्ने भएको छ ।
केन्द्रिय कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठकमा साउन २० गतेदेखि बस्ने केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएका छन् ।
बैठक अहिले ११ बजेपछि बस्ने जनाइएको छ ।