काठमाडौं १४ साउन । नेपाली कांग्रेसका नेता विनोद भट्टको मृत्यु भएको छ ।
काठमाडौँ तारकेश्वर नगरपालिका ६ इकाई सभापति नेता विनोद भट्टको आज बिहिबार साँझ ५: ३० बजे उनकै निजी निवास तारकेश्वर ६ पुसल मा मृत्यु भएको हो । लामो समय देखि क्यानसर रोगबाट पिडित नेता भट्टको ४५ वर्षको अल्पआयु उमेरमा नै मृत्यु भएको हो ।
उनको आज साँझ नै अन्तिम दाहासस्कार गरिएको छ । उनलाई नेपाली कांग्रेसका सांसद भीमसेन दास प्रधानले पार्टीको झण्डा ओडाएर हार्दिक श्रद्धान्जली अपर्ण गरेका थिए ।
मृतक भट्टको एक छोरा , एक छोरी रहेका छन् ।