तारकेश्वर नगरपालिका -६ इकाई सभापति कांग्रेस नेता विनोद भट्टको मृत्यु — OSNepal

तारकेश्वर नगरपालिका -६ इकाई सभापति कांग्रेस नेता विनोद भट्टको मृत्यु

LC (KTM) July 29, 2021 0

काठमाडौं १४ साउन । नेपाली कांग्रेसका नेता विनोद भट्टको मृत्यु भएको छ ।

काठमाडौँ तारकेश्वर नगरपालिका ६ इकाई सभापति नेता विनोद भट्टको आज बिहिबार साँझ ५: ३० बजे उनकै निजी निवास तारकेश्वर ६ पुसल मा मृत्यु भएको हो । लामो समय देखि क्यानसर रोगबाट पिडित नेता भट्टको ४५ वर्षको अल्पआयु उमेरमा नै मृत्यु भएको हो ।

उनको आज साँझ नै अन्तिम दाहासस्कार गरिएको छ । उनलाई नेपाली कांग्रेसका सांसद भीमसेन दास प्रधानले पार्टीको झण्डा ओडाएर हार्दिक श्रद्धान्जली अपर्ण गरेका थिए ।

मृतक भट्टको एक छोरा , एक छोरी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर