नेपाली सिनेजगतका कलाकार तथा गायककारहरुका लागि अब आफ्नै कार चढ्ने रहर परको कुरा भएन । नेपाली सेलीब्रेटीहरुले पछिल्लो समय आफ्नै मेहनत र लगनका कारण निक्कै उन्नती गर्दै गईरहेका छन् । केही समय अघि गायक प्रकाश सपुतले कार खरीद गरेर सामाजिक सञ्जाल निक्कै तातिएको थियो ।
उनले गर्दा यहि क्षेत्रमा पनि कार चढ्न सकिदो रहेछ है भन्ने सन्देश दिएका थिए । अब त्यस्तै नेपाली सिनेजगतका अर्का नायकले पनि यहि सन्देश दो¥याएका छन् । पछिल्लो समय निक्कै ब्यस्त देखिने गरेका नायक पुष्प खड्काले पनि कार खरीद गरेका छन् । हुन त यो बेला सिनेजगत पुरै ठप्प छ तर पनि नायक पुष्प चलिनै रहेका छन् ।
एउटै कारण हो उनलाई म्युजिक भिडियोमा भ्याई नभ्याई रहेको छ । पुष्प खड्काले आफुले कार किनेको आफ्नो फेसबुक मार्फत जानकारी दिएका छन् । सोमबार उनले ७० लाखमा क्रेटाको कार खरीद गरेका हुन्। सेतो रंगको कारको घरमा पुजा गरिरहेको फोटोहरु उनले फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।
उनले पुजा गरेको फोटोहरु हाल्दै क्याप्सन लेखेका छन् -सानो पाईला इज टेकिङ बिगर स्टेप । उनको यो क्याप्सनले प्रष्ट यो भनिरहेको छ कि सानो कदम बाटै ठुलो ठाउँमा पुग्न सकिन्छ । पुष्प कैलालीमा जन्मिएका उनले दर्पण छाया, मंगलम, मन संग मन , तिम्रो मेरो साथ लगायतका चलचित्रमा अभिनय गरिसकेका छन् ।