प्रकाश सपुत पछि नायक पुष्प खड्काले किने कार , अनि फेसबुकमा लेखे यस्तो स्टाटस — OSNepal

प्रकाश सपुत पछि नायक पुष्प खड्काले किने कार , अनि फेसबुकमा लेखे यस्तो स्टाटस

LC (KTM) July 19, 2021 0

नेपाली सिनेजगतका कलाकार तथा गायककारहरुका लागि अब आफ्नै कार चढ्ने रहर परको कुरा भएन । नेपाली सेलीब्रेटीहरुले पछिल्लो समय आफ्नै मेहनत र लगनका कारण निक्कै उन्नती गर्दै गईरहेका छन् । केही समय अघि गायक प्रकाश सपुतले कार खरीद गरेर सामाजिक सञ्जाल निक्कै तातिएको थियो ।

उनले गर्दा यहि क्षेत्रमा पनि कार चढ्न सकिदो रहेछ है भन्ने सन्देश दिएका थिए । अब त्यस्तै नेपाली सिनेजगतका अर्का नायकले पनि यहि सन्देश दो¥याएका छन् । पछिल्लो समय निक्कै ब्यस्त देखिने गरेका नायक पुष्प खड्काले पनि कार खरीद गरेका छन् । हुन त यो बेला सिनेजगत पुरै ठप्प छ तर पनि नायक पुष्प चलिनै रहेका छन् ।

एउटै कारण हो उनलाई म्युजिक भिडियोमा भ्याई नभ्याई रहेको छ । पुष्प खड्काले आफुले कार किनेको आफ्नो फेसबुक मार्फत जानकारी दिएका छन् । सोमबार उनले ७० लाखमा क्रेटाको कार खरीद गरेका हुन्। सेतो रंगको कारको घरमा पुजा गरिरहेको फोटोहरु उनले फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।

उनले पुजा गरेको फोटोहरु हाल्दै क्याप्सन लेखेका छन् -सानो पाईला इज टेकिङ बिगर स्टेप । उनको यो क्याप्सनले प्रष्ट यो भनिरहेको छ कि सानो कदम बाटै ठुलो ठाउँमा पुग्न सकिन्छ । पुष्प कैलालीमा जन्मिएका उनले दर्पण छाया, मंगलम, मन संग मन , तिम्रो मेरो साथ लगायतका चलचित्रमा अभिनय गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर