पर्सा १ साउन । सात जुवाडे प्रहरीको फन्दामा परेका छन् ।
वीरगंज महानगरपालिका १५ नेशनल मेडिकल कलेजस्थित निर्माणधिन भवनमा तास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नमा सोही महानगरपालिका ६ बस्ने ४२ वर्षीय श्यामबाबु सोनार लगायत रहेका छन् ।
निजहरुको साथबाट प्रहरीले नगद १ लाख ५८ हजार रुपैयाँ र १० बुक तास बरामत गरेको छ । यस विषयमा थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।