कान्स फिल्म फेस्टिबलमा बेलाले फोक्सोजस्तो देखिने नेकलेस लगाएपछि विश्वभर चर्चा — OSNepal

कान्स फिल्म फेस्टिबलमा बेलाले फोक्सोजस्तो देखिने नेकलेस लगाएपछि विश्वभर चर्चा

LC (KTM) July 14, 2021 0

एजेन्सी- अमेरिकन सुपरमोडल बेला हदिदले लगाएको नेकलेसको विश्वभर चर्चा भइरहेको छ । उनले फ्रान्समा भइरहेको कान्स फिल्म फेस्टिबलमा मानिको फोक्सो जस्तो देखिने नेकलेस लगाएपछि उनको र नेकलेसको चर्चा विश्वभर भएको हो ।

फिल्म फेस्टिबलको दोस्रो दिन रेड कार्पेटमा सुपरमोडल बेला कालो ड्रेसमा देखिइन् । उनले लगाएको ड्रेस अचम्मको थियो ।अझ हेर्न लायकको त पहिरिएको नेकलेस थियो ।

२४ वर्षकी बेलाले मानिसको फोक्सोजस्तै देखिने सुनको आकर्षक नेकलेस लगाएकी थिइन् । उक्त नेकलेस डानियल रोजबेरीको कलेकसनबाट लिइएको थियो । उनको लुक्स भाइरल भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर