एजेन्सी- अमेरिकन सुपरमोडल बेला हदिदले लगाएको नेकलेसको विश्वभर चर्चा भइरहेको छ । उनले फ्रान्समा भइरहेको कान्स फिल्म फेस्टिबलमा मानिको फोक्सो जस्तो देखिने नेकलेस लगाएपछि उनको र नेकलेसको चर्चा विश्वभर भएको हो ।
फिल्म फेस्टिबलको दोस्रो दिन रेड कार्पेटमा सुपरमोडल बेला कालो ड्रेसमा देखिइन् । उनले लगाएको ड्रेस अचम्मको थियो ।अझ हेर्न लायकको त पहिरिएको नेकलेस थियो ।
२४ वर्षकी बेलाले मानिसको फोक्सोजस्तै देखिने सुनको आकर्षक नेकलेस लगाएकी थिइन् । उक्त नेकलेस डानियल रोजबेरीको कलेकसनबाट लिइएको थियो । उनको लुक्स भाइरल भइरहेको छ ।