काठमाडौँ २७ असार । नेकपा एमालेको स्थायी कमिटिको बैठक स्थगित भएको छ । पार्टी एकताको विषयमा सहमित बनाउन गठित कार्यदलको बैठक नसकिएपछि आजको स्थायी कमिटिको बैठक स्थगित भएको हो ।
आज अपराह्र चार बजे बालुवाटारमा बोलाइएको बैठकमा कार्यदलका सदस्यलार्य कुर्दाकुर्दै बैठक स्थगित भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले अब अर्को बैठक भोली सोमबार साँझ बस्ने भएको छ । बिहान देखि शूरु भएको कार्यदलको बैठक अझै जारी रहेका आजको बैठक भोली बस्ने गरी स्थगित गरिएको हो ।