काठमाडौँ २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललमै पनि साफ गेमको आयोजना गर्न सकिने बताएका छन् ।
आज राष्ट्रिय फुटबल टोलीका सदस्यलाई सम्मान गर्ने कार्यक्रममा सम्बोधन गर्दै ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् । तपाईँहरुले जित्नुहुन्छ भने नेपालमा साफ खेल आयोजना गरौं भन्दै ओलीले आर यु रेडी फर विन साफ भन्दै सहभागी खेलाडीहरुलाई प्रश्न गरेका थिए । जसको जवाफमा खेलाडीले सक्छौं भनेका थिए ।
कार्यक्रममा ओलीले खेलेर मात्र होइन, एकपटक जित्नलाई मात्र होइन, पटक पटक जित्नलाई खेल खेल्नुपर्ने समेत भनेका थिए ।