पेरिस, २४ माघ । फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर नेइमार सोमबारबाट प्रशिक्षणमा फर्किएका छन ।
तिघ्राको चोटका कारण नेइमारले पिएसजीबाट लिगको पछिल्लो दुई खेल खेल्न पाएका थिएनन । पिएसजीले आगामी साता तीन महत्वपूर्ण खेल खेल्दैछ ।
बुधबार मार्सेलीविरुद्ध हुने कोप डी फ्रान्सको अन्तिम १६ को खेलमा मात्रै नेइमार मैदान उत्रनेछन । शनिबार पिएसजीले लिग वानमा चौथो स्थानको मोनाकोविरुद्ध खेल्नेछ ।
अगामी साता भने पिएसजीले च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखलाई खेल्ने कार्यतालिका छ । नेइमारले यस सिजनका सबैखाले प्रतियोगिता गरि २५ खेलमा १७ गोल गरेका छन ।