तिघ्राको चोटका कारण दुई खेल गुमाएका नेइमार प्रशिक्षणमा फर्किए, बुधवारवाटै खेल्न पाउने — OSNepal

तिघ्राको चोटका कारण दुई खेल गुमाएका नेइमार प्रशिक्षणमा फर्किए, बुधवारवाटै खेल्न पाउने

LC (KTM) February 07, 2023 0

पेरिस, २४ माघ । फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर नेइमार सोमबारबाट प्रशिक्षणमा फर्किएका छन ।

तिघ्राको चोटका कारण नेइमारले पिएसजीबाट लिगको पछिल्लो दुई खेल खेल्न पाएका थिएनन । पिएसजीले आगामी साता तीन महत्वपूर्ण खेल खेल्दैछ ।

बुधबार मार्सेलीविरुद्ध हुने कोप डी फ्रान्सको अन्तिम १६ को खेलमा मात्रै नेइमार मैदान उत्रनेछन । शनिबार पिएसजीले लिग वानमा चौथो स्थानको मोनाकोविरुद्ध खेल्नेछ ।

अगामी साता भने पिएसजीले च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखलाई खेल्ने कार्यतालिका छ । नेइमारले यस सिजनका सबैखाले प्रतियोगिता गरि २५ खेलमा १७ गोल गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर