काठमाडौं । २३ असार । नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै राम बहादुर थापा बादलसहित पुर्व माओवादी केन्द्रका नेताहरु निवार्चन आयोग पुगेका छन् ।
गत फागुन २३ गते सर्वोच्चले माओवादी र एमालेलाई अस्तित्वमा ल्याएपछि एमालेतिर लागेका बादलसहित टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्ट र प्रभु शाहलाई माओवादी केन्द्रले कारवाही गरी मन्त्री र सांसद पद खारेज गरेको थियो ।
समयमै महाधिवेशन नगरेको अवैधानिक पार्टीले जनताबाट निवार्चित सदस्यको पद खारेज गरेको भन्दै आयोग गएका हुन् ।