कोपा अमेरिका फुटबल पेरुलाई खाता नै खोल्न नदिई नेइमारको ब्राजिल फाइनलमा प्रवेश — OSNepal

कोपा अमेरिका फुटबल पेरुलाई खाता नै खोल्न नदिई नेइमारको ब्राजिल फाइनलमा प्रवेश

LC (KTM) July 06, 2021 0

काठमाडौँ । ब्राजिल कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेको छ । मंगलबार बिहान भएको खेलमा पेरुलाई हराउँदै आयोजक ब्राजिल कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेको हो ।

ब्राजिलले पेरुलाई १–० ले हराउँदै आफ्नो स्थान फाइनलका लागि सुरक्षीत गरेको हो । सिपालु खेलाडीहरुले भरिएको ब्राजिलको टिमका लुकास पाक्वेताले खेलको ३५ औं मिनेटमा गरेको गोल नै ब्राजिलको जितका लागि निर्णायक बन्यो ।

क्वाटरफाईनलमा चिलीलाई हराउँदै ब्राजिल तथा पाराग्वेलाई हराउँदै पेरु सेमिफाईनलमा स्थान पक्का गर्दै अघि बढेको थियो । ब्राजिलले अब अर्जेन्टिना र कोलम्बियाबिच भोलि हुने दोस्रो सेमिर्फानल खेलको विजेतासँग अन्तिम प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर