काठमाडौं २१ असार । संसद विघटनको विरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाईमा आज रिट निवेदकको तर्फबाट जवाफी बहस सकिएको छ ।
अब एमीकस क्युरीलाई बहस गर्न २ घण्टाको समय निर्धारण गरिएको छ । आज रिट निवेदकको तर्फबाट अधिवक्ताहरू हरिहर दाहाल, बद्री बहादुर कार्की, कृष्ण प्रसाद भण्डारी र शम्भु थापाले जवाफ दिएका छन् ।
प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराबाट गठित न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले संसद विघटनको मुद्धालाई हेरेका छन् ।