रिट निवेदकको तर्फबाट जवाफी बहस सकियो — OSNepal

रिट निवेदकको तर्फबाट जवाफी बहस सकियो

LC (KTM) July 05, 2021 0

काठमाडौं २१ असार । संसद विघटनको विरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाईमा आज रिट निवेदकको तर्फबाट जवाफी बहस सकिएको छ ।

अब एमीकस क्युरीलाई बहस गर्न २ घण्टाको समय निर्धारण गरिएको छ । आज रिट निवेदकको तर्फबाट अधिवक्ताहरू हरिहर दाहाल, बद्री बहादुर कार्की, कृष्ण प्रसाद भण्डारी र शम्भु थापाले जवाफ दिएका छन् ।

प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराबाट गठित न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले संसद विघटनको मुद्धालाई हेरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर