काठमाडौँ २० असार । काठमाडौँ उपत्यकाको तिनै जिल्लामा लगाइएको जोरविजोर प्रणाली हटाइएको छ ।
पछिल्लो पटक थपिएको निषेधाज्ञा आज रातिबाट सकिनै लाग्दा निषेधाज्ञालाई थप एक हप्ता थप्दै निजी तथा सार्वजनिक सवारीमा लगाइएको जोर विजोर प्रणाली हटाइएको हो ।
आज तिनै जिल्लाको प्रमुख अधिकारीहरुको बैठकले यस्तो निणर्य गरेको हो । जोर विजोर प्रणाली हटेपनि स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने भएको छ ।
गत जेठ १६ गते देखि बन्द भएको सवारी साधन अब भोलबिाट सञ्चालनमा आउने भएको छ ।