उपत्यकामा लगाइएको जोर विजोर प्रणाली हट्यो, भोलीबाट निजी तथा सार्वजनिक सवारी साधन नियमित सञ्चालनमा — OSNepal

उपत्यकामा लगाइएको जोर विजोर प्रणाली हट्यो, भोलीबाट निजी तथा सार्वजनिक सवारी साधन नियमित सञ्चालनमा

LC (KTM) July 04, 2021 0

काठमाडौँ २० असार । काठमाडौँ उपत्यकाको तिनै जिल्लामा लगाइएको जोरविजोर प्रणाली हटाइएको छ ।

पछिल्लो पटक थपिएको निषेधाज्ञा आज रातिबाट सकिनै लाग्दा निषेधाज्ञालाई थप एक हप्ता थप्दै निजी तथा सार्वजनिक सवारीमा लगाइएको जोर विजोर प्रणाली हटाइएको हो ।

आज तिनै जिल्लाको प्रमुख अधिकारीहरुको बैठकले यस्तो निणर्य गरेको हो । जोर विजोर प्रणाली हटेपनि स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने भएको छ ।

गत जेठ १६ गते देखि बन्द भएको सवारी साधन अब भोलबिाट सञ्चालनमा आउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर