काठमाडौँ २० असार । संसद विघटनको विषयमा सर्वोच्चमा परेको रिटको सुनुवाईमा बहस गरिरहेका सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायीको बहस सकिएको छ ।
सापकोटाको तर्फबाट बहस गर्न कानुन व्यवासायीलाई दुई घण्टाको समय दिइएको थियो । सभामुखको तर्फबाट वरिष्ठ अधिवक्ता श्याम खरेल, उपेन्द्रकेशरी न्यौपाने, लव कुमार मैनाली, अधिवक्ता मेघराज पोखेरल र श्रीकृष्ण सुवेदीले बहस गरेका छन् ।
सभामुखको तर्फबाट बहस सकिए लगत्तै निवेदक पक्षबाट जवाफी बहस शुरु भएको छ । निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले १ घण्टा जवाफ दिइसकेका छन् ।