सभामुख सापकोटाको तर्फबाट बहस सकियो , रिट निवदेकको तर्फबाट जवाफी बहस शुरु — OSNepal

सभामुख सापकोटाको तर्फबाट बहस सकियो , रिट निवदेकको तर्फबाट जवाफी बहस शुरु

LC (KTM) July 04, 2021 0

काठमाडौँ २० असार । संसद विघटनको विषयमा सर्वोच्चमा परेको रिटको सुनुवाईमा बहस गरिरहेका सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायीको बहस सकिएको छ ।

सापकोटाको तर्फबाट बहस गर्न कानुन व्यवासायीलाई दुई घण्टाको समय दिइएको थियो । सभामुखको तर्फबाट वरिष्ठ अधिवक्ता श्याम खरेल, उपेन्द्रकेशरी न्यौपाने, लव कुमार मैनाली, अधिवक्ता मेघराज पोखेरल र श्रीकृष्ण सुवेदीले बहस गरेका छन् ।

सभामुखको तर्फबाट बहस सकिए लगत्तै निवेदक पक्षबाट जवाफी बहस शुरु भएको छ । निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले १ घण्टा जवाफ दिइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर