काठमाडौँ २० असार । कक्षा १२ को अन्तिम परिक्षा साउनको अन्तिम साताबाट सञ्चालान गर्न राष्ट्रिय परीक्षा बोर्डले सरकारसँग अनुमति मागेको छ । राष्ट्रिय परीक्षा बोर्डले साउनको अन्तिम साताबाट भौतिक रुपमा नै परिक्षा सञ्चलन गर्न अनुमति मागेको हो ।
लाखौं विद्यार्थीले एकै पटक परिक्षा दिने भएकाले अनलाइन मार्फत परिक्षा सञ्चालन गर्न नसकिने बोर्डले जनाएको छ । गत जेठ २६ गतेको लागि तय भएको परिक्षा कोरोना संक्रमणले गर्दा स्थगित भएको थियो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिएको जानकारी अनुसार बोर्डको प्रस्ताव माथि बैठकमा छलफल गरेर मात्र निणर्य गरिने भएको छ ।