कक्षा १२ को अन्तिम परिक्षा साउनको अन्तिम साताबाट, भौतिक रुपमा नै परिक्षा सञ्चालन गर्न बोर्डले थाल्यो तयारी — OSNepal

कक्षा १२ को अन्तिम परिक्षा साउनको अन्तिम साताबाट, भौतिक रुपमा नै परिक्षा सञ्चालन गर्न बोर्डले थाल्यो तयारी

LC (KTM) July 04, 2021 0

काठमाडौँ २० असार । कक्षा १२ को अन्तिम परिक्षा साउनको अन्तिम साताबाट सञ्चालान गर्न राष्ट्रिय परीक्षा बोर्डले सरकारसँग अनुमति मागेको छ । राष्ट्रिय परीक्षा बोर्डले साउनको अन्तिम साताबाट भौतिक रुपमा नै परिक्षा सञ्चलन गर्न अनुमति मागेको हो ।

लाखौं विद्यार्थीले एकै पटक परिक्षा दिने भएकाले अनलाइन मार्फत परिक्षा सञ्चालन गर्न नसकिने बोर्डले जनाएको छ । गत जेठ २६ गतेको लागि तय भएको परिक्षा कोरोना संक्रमणले गर्दा स्थगित भएको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिएको जानकारी अनुसार बोर्डको प्रस्ताव माथि बैठकमा छलफल गरेर मात्र निणर्य गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर