काठमाडौं – दक्षिण कोरियाबाट होलिस्टिन जातका एक सय २१ वटा गाई र साँढे ल्याइने भएको छ ।सबैभन्दा धेरै दूध उत्पादन गर्नेमा न प्रजातिको यो गाय शु सेवा विभाग र हेफर नेपाल नामक संस्थाको समन्वन्यमा नेपाल ल्याउन लागिएको हो ।
होलिस्टिन जातका एक सय एकवटा बाच्छी र २० वटा साँढे ल्याउन लागिएको हो । जसले औसतमा दैनिक ३० लिटरसम्म दूध दिन सक्ने हेफर नेपालले जनाएको छ । अहिले भित्रिने गाईले एकदेखि डेढ वर्षभित्रमा दूध दिनेछन् ।
यस्तो गाईको निरीक्षण तथा संरक्षण भने दक्षिण कोरिया र पशु सेवा विभागले गर्नेछन् ।कोरियाबाट आउने एक सय २१ वटा गाई र साँढेमध्ये सरकारलाई २० वटा साँढे र २० वटा गाई दिइनेछ ।
बाँकी गाई र साँढे किसानलाई वितरण गरिने भएको छ ।बिहीबार पहिलो चरणमा ६ वटा साँढे र ४२ बाच्छी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछन् । बाँकी गाई र साँढे पुसको ८, १० र २३ गते नेपाल आइपुग्नेछन् ।