दैनिक ३० लिटरसम्म दूध दिन सक्ने होलिस्टिन जातका १२१ गाई र साँढे दक्षिण कोरियाबाट नेपाल ल्याइँदै — OSNepal

दैनिक ३० लिटरसम्म दूध दिन सक्ने होलिस्टिन जातका १२१ गाई र साँढे दक्षिण कोरियाबाट नेपाल ल्याइँदै

LC (KTM) December 22, 2022 0

काठमाडौं – दक्षिण कोरियाबाट होलिस्टिन जातका एक सय २१ वटा गाई र साँढे ल्याइने भएको छ ।सबैभन्दा धेरै दूध उत्पादन गर्नेमा न प्रजातिको यो गाय शु सेवा विभाग र हेफर नेपाल नामक संस्थाको समन्वन्यमा नेपाल ल्याउन लागिएको हो ।

होलिस्टिन जातका एक सय एकवटा बाच्छी र २० वटा साँढे ल्याउन लागिएको हो । जसले औसतमा दैनिक ३० लिटरसम्म दूध दिन सक्ने हेफर नेपालले जनाएको छ । अहिले भित्रिने गाईले एकदेखि डेढ वर्षभित्रमा दूध दिनेछन् ।

यस्तो गाईको निरीक्षण तथा संरक्षण भने दक्षिण कोरिया र पशु सेवा विभागले गर्नेछन् ।कोरियाबाट आउने एक सय २१ वटा गाई र साँढेमध्ये सरकारलाई २० वटा साँढे र २० वटा गाई दिइनेछ ।

बाँकी गाई र साँढे किसानलाई वितरण गरिने भएको छ ।बिहीबार पहिलो चरणमा ६ वटा साँढे र ४२ बाच्छी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछन् । बाँकी गाई र साँढे पुसको ८, १० र २३ गते नेपाल आइपुग्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर