स्पेनलाई चित खेलाएको मोरक्को लाई पोर्चुगलले पराजित गर्ला त ? फ्रान्स र इंग्ल्याण्ड कुन टोली पुग्ला अन्तिम चारमा ? — OSNepal

स्पेनलाई चित खेलाएको मोरक्को लाई पोर्चुगलले पराजित गर्ला त ? फ्रान्स र इंग्ल्याण्ड कुन टोली पुग्ला अन्तिम चारमा ?

LC (KTM) December 10, 2022 0

कतारमा जारी फिफा विश्वकप फुटबलमा आज क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन् । आजको खेलमा उपाधीको दाबेदार मानिएका टोली पोर्चुगल, मोरक्को , फ्रान्स तथा इंग्ल्याण्ड रहेका छन् । आजको पहिलो खेलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुदैछ ।

यी दुबै टोलीबीचको खेल अल थुमामा स्टेडियममा राती पौने ९ बजे सुरु हुनेछ ।आज दुबै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेका छन् । मोरक्कोले राउण्ड अफ १६ मा स्पेनलाई पेनाल्टी सुटआउटमा हराएको थियो । पोर्चुगलले स्विट्जरल्यान्डलाई हराएको थियो ।

त्यस्तै आजै हुने अर्काे खेलमा बलिया मानिएका टोली फ्रान्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । अल बायत स्टेडियममा हुने फ्रान्स र इंग्ल्यान्डबीचको खेल राति पौने १ बजे बाट सुरु हुनेछ ।

साविक विजेता फ्रान्स र इंग्ल्यान्ड आज जित निकाल्दै अन्तिम चारमा पुग्ने योजनाका रहेका छन् । फ्रान्सले राउण्ड अफ १६ मा पोल्याण्डलाई हराएको थियो । यस्तै इंग्ल्यान्डले सेनेगललाई हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर