कतारमा जारी फिफा विश्वकप फुटबलमा आज क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन् । आजको खेलमा उपाधीको दाबेदार मानिएका टोली पोर्चुगल, मोरक्को , फ्रान्स तथा इंग्ल्याण्ड रहेका छन् । आजको पहिलो खेलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुदैछ ।
यी दुबै टोलीबीचको खेल अल थुमामा स्टेडियममा राती पौने ९ बजे सुरु हुनेछ ।आज दुबै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेका छन् । मोरक्कोले राउण्ड अफ १६ मा स्पेनलाई पेनाल्टी सुटआउटमा हराएको थियो । पोर्चुगलले स्विट्जरल्यान्डलाई हराएको थियो ।
त्यस्तै आजै हुने अर्काे खेलमा बलिया मानिएका टोली फ्रान्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । अल बायत स्टेडियममा हुने फ्रान्स र इंग्ल्यान्डबीचको खेल राति पौने १ बजे बाट सुरु हुनेछ ।
साविक विजेता फ्रान्स र इंग्ल्यान्ड आज जित निकाल्दै अन्तिम चारमा पुग्ने योजनाका रहेका छन् । फ्रान्सले राउण्ड अफ १६ मा पोल्याण्डलाई हराएको थियो । यस्तै इंग्ल्यान्डले सेनेगललाई हराएको थियो ।