चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन जिल्ला कार्यालयमा आगलागी भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका अनुसार आगलागी शुक्रबार राति भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन जिल्ला कार्यालय भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा सामान्य आगो लागेको चितवन प्रहरीले जनाएको छ । आगजनीबाट कार्यालयभित्र रहेका फर्निचरका सामग्री जलेका छन् ।
घटना लगत्तै घटनास्थलमा पुगेको प्रहरीका अनुसार आगलागीबाट कार्यालयभित्र रहेको प्लास्टिकका कुर्ची, झण्डा, भित्र राखेको साइन बोर्डलगायतका केही सामग्रीमा क्षति पुगेको छ ।
कार्यालयको ढोका चाबी यथावत रहेको र भित्र केही सामान जलेको पाईएको चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले जानकारी दिए । घटना शुक्रबार रातिको भए पनि ढिला गरेर मात्रै खबर आएको बताइएको छ ।