राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा कसरी लाग्यो आगो ? — OSNepal

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा कसरी लाग्यो आगो ?

LC (KTM) November 27, 2022 0

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन जिल्ला कार्यालयमा आगलागी भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका अनुसार आगलागी शुक्रबार राति भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन जिल्ला कार्यालय भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा सामान्य आगो लागेको चितवन प्रहरीले जनाएको छ । आगजनीबाट कार्यालयभित्र रहेका फर्निचरका सामग्री जलेका छन् ।

घटना लगत्तै घटनास्थलमा पुगेको प्रहरीका अनुसार आगलागीबाट कार्यालयभित्र रहेको प्लास्टिकका कुर्ची, झण्डा, भित्र राखेको साइन बोर्डलगायतका केही सामग्रीमा क्षति पुगेको छ ।

कार्यालयको ढोका चाबी यथावत रहेको र भित्र केही सामान जलेको पाईएको चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले जानकारी दिए । घटना शुक्रबार रातिको भए पनि ढिला गरेर मात्रै खबर आएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर