कोभिडका कारण बन्द रसुवागढी नाका भोली बिहीबारदेखि सञ्चालनमा आउने — OSNepal

कोभिडका कारण बन्द रसुवागढी नाका भोली बिहीबारदेखि सञ्चालनमा आउने

LC (KTM) September 14, 2022 0

काठमाडौं २९ भदौ । चीनसँग सिमाना जोडिएको रसुवागढी नाका भोली बिहीबारदेखि सञ्चालनमा आउने भएको छ ।

चार दिने नेपाल भ्रमणमा आएका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटे लगत्तै सुवागडी नाका सञ्चालनको जानकारी चिनियाँ पक्षले गराएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

कोरोना भाइरस (कोभिड-१९)का कारण बन्द रहेको रसुवागढी नाका अन्तत ली नेपाल भ्रमणले गर्दा खुल्ने भएको छ । बिहीबारदेखि दैनिक १४ कन्टेनर नेपाल प्रवेश गर्न दिने बताइएको छ ।

अब ‘दशैं अघि रोकिएका माल वस्तु अब नेपाल भित्रिने रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसी बताए ।

गत साउन २५ गते देखि चिनियाँपक्षले रसुवागढी नाका बन्द गरेको थियो । तथापी , तातोपानी नाका खुल्नेबारे भने अझै निणर्य भइसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर