काठमाडौं २९ भदौ । चीनसँग सिमाना जोडिएको रसुवागढी नाका भोली बिहीबारदेखि सञ्चालनमा आउने भएको छ ।
चार दिने नेपाल भ्रमणमा आएका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटे लगत्तै सुवागडी नाका सञ्चालनको जानकारी चिनियाँ पक्षले गराएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।
कोरोना भाइरस (कोभिड-१९)का कारण बन्द रहेको रसुवागढी नाका अन्तत ली नेपाल भ्रमणले गर्दा खुल्ने भएको छ । बिहीबारदेखि दैनिक १४ कन्टेनर नेपाल प्रवेश गर्न दिने बताइएको छ ।
अब ‘दशैं अघि रोकिएका माल वस्तु अब नेपाल भित्रिने रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसी बताए ।
गत साउन २५ गते देखि चिनियाँपक्षले रसुवागढी नाका बन्द गरेको थियो । तथापी , तातोपानी नाका खुल्नेबारे भने अझै निणर्य भइसकेको छैन ।