कठघरामा रहेका अभियुक्त जबराले मलाई लान्छना लगाई आरोपित गरेको हुँदा समितिसमक्ष उपस्थित भई निजलाई जिरह गर्छु : अधिवक्ता अर्याल — OSNepal

कठघरामा रहेका अभियुक्त जबराले मलाई लान्छना लगाई आरोपित गरेको हुँदा समितिसमक्ष उपस्थित भई निजलाई जिरह गर्छु : अधिवक्ता अर्याल

LC (KTM) September 14, 2022 0

काठमाडौं २९ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाभियोग सिफारिस समितिमा बयान दिने क्रममा अन्य न्यायाधिशको नाम लिएपछि समितिले सबै न्यायाधिशहरुलाई बोलाएको छ ।

वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्यालले जबरालाई जिरह गर्न पाउनुपर्ने माग गरेका छन्। समितिमा निवेदन दिँदै अर्यालले जबराले लगाएका आरोपको सत्यतथ्य जाँच गर्न पनि माग गरेका छन् ।

अर्यालले समितिमा दिएको निवेदनमा भनिएको छ , ‘जबराले समितिमा बयान दिने क्रममा मलाई समेत लान्छना लगाई आरोपित गरेको हुँदा त्यसको सत्यताको जाँच गर्नको लागि सम्मानित समितिसमक्ष उपस्थित भई निजलाई जिरह गर्न पाउँ भनी सादर निवेदन गर्दछु ‘ ।

कठघरामा रहेका अभियुक्त जबराले बिनारोकटोक अरुलाई अनेक आरोप लगाउन पाउने तर उनले आरोप लगाएका पक्षले भने सफाइ गर्न नपाउने अवस्था नरहोस् आफ्नो माग रहेको अर्यालले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर