डेंगुबाट वाग्मती प्रदेशमा एकै दिन १३ वर्षीय बालकसहित दुई जनाको मृत्यु — OSNepal

डेंगुबाट वाग्मती प्रदेशमा एकै दिन १३ वर्षीय बालकसहित दुई जनाको मृत्यु

LC (KTM) September 11, 2022 0

काठमाडौँ २६ भदौ । एकै दिन डेंगुबाट दुईजनाको मृत्यु भएको छ । वाग्मती प्रदेशमा एकै दिन २ जनाको मृत्यु डेंगुबाट मृत्यु भएको हो ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका -१ चौकीटोल निवासी १३ वर्षीय बालक र ललितपुर ग्वार्को निवासी ३६ वर्षीय पुरुष रहेका छन् ।

दुवै जनाको उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको हो । बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले दिएको जानकारी अनुसार दुवैजना डेंगुबाट संक्रमित भएको र अस्वस्थ भइ काठमाडौँस्थित अस्पतालमा उपचाररत दुवैको उपचारको क्रममा ज्यान गएको बताएका छन् ।

बागमती प्रदेशमा हालसम्म डेंगुका संक्रमितको संख्या ८९१७ पुगेको छ । जसमा ललितपुरमा मात्रै ३ हजार ७९ जना संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर