काठमाडौँ २६ भदौ । एकै दिन डेंगुबाट दुईजनाको मृत्यु भएको छ । वाग्मती प्रदेशमा एकै दिन २ जनाको मृत्यु डेंगुबाट मृत्यु भएको हो ।
मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका -१ चौकीटोल निवासी १३ वर्षीय बालक र ललितपुर ग्वार्को निवासी ३६ वर्षीय पुरुष रहेका छन् ।
दुवै जनाको उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको हो । बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले दिएको जानकारी अनुसार दुवैजना डेंगुबाट संक्रमित भएको र अस्वस्थ भइ काठमाडौँस्थित अस्पतालमा उपचाररत दुवैको उपचारको क्रममा ज्यान गएको बताएका छन् ।
बागमती प्रदेशमा हालसम्म डेंगुका संक्रमितको संख्या ८९१७ पुगेको छ । जसमा ललितपुरमा मात्रै ३ हजार ७९ जना संक्रमित रहेका छन् ।