सत्तारुढ गठवन्धनको बैठक फेरि सर्यो — OSNepal

सत्तारुढ गठवन्धनको बैठक फेरि सर्यो

LC (KTM) September 11, 2022 0

काठमाडौं २६ भदौ । सत्तारुढ गठवन्धनको आज बस्ने भनिएको बैठक सरेको छ । आइतबार बिहान ८ बजे बालुवाटारमा बस्ने भनिएको गठवन्धनको बैठक अहिले ११ बजेलाई सरेको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० सचिवालयले दिएको जानकारी अनुसार बैठक अहिले ११ बजे बालुवाटरमा बस्ने भएको हो । शनिबार बसेको बैठकमा जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी नभएका कारण बैठक ले निण्कर्ष पाउन सकेको थिएन ।

यही मंसिर ४ गते हुने भनिएको संघ र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका विषय गठवन्धनले टुंगो लगाउन नसक्दा गठवन्धनको बैठक निरन्तर बसिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर