काठमाडौं २६ भदौ । सत्तारुढ गठवन्धनको आज बस्ने भनिएको बैठक सरेको छ । आइतबार बिहान ८ बजे बालुवाटारमा बस्ने भनिएको गठवन्धनको बैठक अहिले ११ बजेलाई सरेको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० सचिवालयले दिएको जानकारी अनुसार बैठक अहिले ११ बजे बालुवाटरमा बस्ने भएको हो । शनिबार बसेको बैठकमा जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी नभएका कारण बैठक ले निण्कर्ष पाउन सकेको थिएन ।
यही मंसिर ४ गते हुने भनिएको संघ र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका विषय गठवन्धनले टुंगो लगाउन नसक्दा गठवन्धनको बैठक निरन्तर बसिरहेको छ ।