अनुशासन आयोगले प्रचण्डलाई भन्यो - अराजक व्यक्तिहरुलाई कारबाही अघि नबढाए कम्युनिस्ट पार्टी निर्माण हुँदैन — OSNepal

अनुशासन आयोगले प्रचण्डलाई भन्यो – अराजक व्यक्तिहरुलाई कारबाही अघि नबढाए कम्युनिस्ट पार्टी निर्माण हुँदैन

LC (KTM) August 22, 2022 0

काठमाडौं ६ भदौ । नेकपा माओवादी केन्द्रको अनुशासन आयोगले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अन्तर्घात प्रतिवेदन बुझाएको छ ।

गएको स्थानीय तह निर्वाचनमा अन्तर्घात भएको निष्कर्ष निकाल्दै गल्तीअनुसार निष्कासन, निलम्बन र चेतावनीको कारवाही गर्न सुझाव दिएको हो ।

टंक राईको नेतृत्वका गठित छानविन समितिले अन्तर्घातको आरोप लागेका देशभरका ५ सयभन्दा बढी नेता कार्यकर्तासँग बयान लिएर प्रतिवेदन प्रचण्डलाई बुझाएको हो ।

अनुशासनहीन र अराजक व्यक्तिहरुलाई कारबाही अघि नबढाए कम्युनिस्ट पार्टी निर्माण नहुने र समाजवादको यात्रा सम्भव नहुने भन्दै अनुशासन आयोगले पत्र बुझाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर