काठमाडौं ६ भदौ । नेकपा माओवादी केन्द्रको अनुशासन आयोगले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अन्तर्घात प्रतिवेदन बुझाएको छ ।
गएको स्थानीय तह निर्वाचनमा अन्तर्घात भएको निष्कर्ष निकाल्दै गल्तीअनुसार निष्कासन, निलम्बन र चेतावनीको कारवाही गर्न सुझाव दिएको हो ।
टंक राईको नेतृत्वका गठित छानविन समितिले अन्तर्घातको आरोप लागेका देशभरका ५ सयभन्दा बढी नेता कार्यकर्तासँग बयान लिएर प्रतिवेदन प्रचण्डलाई बुझाएको हो ।
अनुशासनहीन र अराजक व्यक्तिहरुलाई कारबाही अघि नबढाए कम्युनिस्ट पार्टी निर्माण नहुने र समाजवादको यात्रा सम्भव नहुने भन्दै अनुशासन आयोगले पत्र बुझाएको हो ।